आफ्नै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ
काठमाडौँ। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन्। टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो।
मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ। पक्राउ परेका शेर्पा माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment