सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१ जेठ २०८० १०:४१

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २ करोड ६२ लाख २६ हजार ३८१.९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्जर भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी’को नाममा उक्त सेयर नेप्सेमा सूचिकृत भएको हो।

यसका साथै मर्जरका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको पनि नेप्सेले जनाएको छ। अव यस कम्पनीका सेयरधनीहरुले ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार गर्न पाउने भएका छ।

नेप्सेले मर्जरपछि बनेको कम्पनीको सेयर कारोबारको लागि ओपनिंग रेञ्ज पनि निर्धारण गरेको छ। कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ५९९.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *