गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा ४ जना घाइते
चितवन। गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्दिा चार जना घाईते भएका छन्।
नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन्। उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन्।
जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ। उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाईते भएका छन्। उनीहरु सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ।
थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment