हेटौँडामा जिपको ठक्करबाट बालकको मृत्यु

डिसी नेपाल
३ जेठ २०८० १०:२७
196
Shares

मकवानपुर। मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *