सगरमाथा चुम्ने पाँच पुगे, मोल्दोभाका एक आरोहीकाे भने निधन

डिसी नेपाल
३ जेठ २०८० १३:१४
1.5k
Shares

काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा क्रममा मोल्दोभाका एक आरोहीको मृत्यु भएको छ। यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो। तर, उनको पुर्ण विवरण भने आईसकेको छैन।

‘ती आरोहीको आज बिहान तीन बजे शिविरमै मृत्यु भएको हो, हामी थप विवरण लिन प्रयास गरिरहेका छौं,’ पर्यटन विभागका अधिकारी युवराज खतिवडाले भने।

यसैगरी, समाचार संस्था एपीका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा सगरमाथा आरोहण गर्नेको संख्या पाँच पुगेको छ। आज मात्रै कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर आफनै विश्वकिर्तिमान तोडेका छन्।

नेपाली पर्वतारोही कामीरिता शेर्पाले बुधबार २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथाको कीर्तिमान कायम गरेका हुन्। आजै पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथामा सफल आरोहण गरेका छन्। उनी यति समुहका अध्यक्षसमेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *