उपेन्द्र देवकोटा न्युरो अस्पताल बासबारीमा दुरबिनद्वारा स्पाइन सर्जरीको दुई दिने तालिम सम्पन्न

डिसी नेपाल
३ जेठ २०८० १६:४०
124
Shares
 काठमाडौँ । उपेन्द्र देवकोटा न्युरो अस्पताल बासबारीमा दुरबिनद्वारा एड्भान्स स्पाइन सर्जरीबारे दुई दिने तालिम सम्पन्न भएको छ ।
भारतका विश्वप्रसिद्ध स्पाइन सर्जन डा. माल्कम प्रेस्टोन्जी, न्युरो सर्जन डा. निकुन्ज योगी, न्युरो सर्जन डा. बालगोपाल कर्माचार्यको संयोजकत्वमा देशका बिभिन्न ठाउँबाट आएका न्युरो सर्जन तथा स्पाइन सर्जनहरूले उक्त तालिममा सहभागिता जनाएका थिए ।
उपेन्द्र देवकोटा न्युरो अस्पताल बासबारीका न्युरो सर्जरी बिभागीय प्रमुख डा. निकुन्ज योगीद्वारा संचालित तालिममा एनिमल मोडेलमा दुरबिनद्वारा एड्भान्स स्पाइन सर्जरी सम्बन्धी तालिम दिइएको हो ।
अस्पतालका न्युरो सर्जरी बिभागीय प्रमुख डा. योगीका अनुसार एनिमल मोडेलमा एड्भान्स स्पाइन सर्जरी गर्नुका साथै मेरुदण्ड (स्पाइन)का बिरामीहरूको सफलतापुर्वक उपचार गरिएको छ ।
मेरुदण्ड सम्बन्धी शल्यकृया गर्दै आएका योगीले भने, “स्पाइन सम्बन्धी जटिल शल्यकृया अब नेपालमै सम्भव छ, हामीले दुरबिनको प्रबिधीबाट सानो चिरा पारेर जटिल भन्दा जटिल शल्यकृया नेपालमै गर्न सक्ने भएका छौँ ।”

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *