१७ बर्षदेखि बाँकी रहेको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ: कानुनमन्त्री गुरुङ {भिडियो}

डिसी नेपाल
४ जेठ २०८० १३:२८

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउनका लागि सवैले योगदान गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गुरुङले १७ बर्ष देखि बाँकी रहेका शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा पुराउनका लागि सरकार र दलबिशेषमात्रै नभई सवैले योगदान गर्नुपर्ने बताएका हुन्।

शान्तिप्रक्रियाको बिषय सवै दलहरुको साझा बिषय भएकाले सवैसंगको समझदारीमा नै यसलाई निष्कर्षमा पुराउने उनले बताए । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदाबारे जानकारी दिदै मन्त्री गुरुङले छानविन प्रतिवेदनका आधारमा पिडितलाई न्याय दिने बताए । उनले संक्रमणकालीन न्यायसंग सम्बन्धी बिषयमा प्राप्त हुने सुझावले यस बिधेयकलाइ थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।

उक्त विधेयकमाथि समितिको अर्को बैठकबाट छलफल सुरु हुने बताइएको छ । बैठकले समितिको कार्यविधिलाई पारित गरेको छ । कार्यविधिमा विना जानकारी ५ पटकसम्म बैठकमा अनुपस्थीत हुने सांसदलाई निष्कासन गर्ने सक्ने व्यवस्था समावेश गरिएको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *