कुनै पनि हालतमा जित्नैपर्ने खेलमा मुम्बई इन्डियन्सले टस जितेर बलिङ रोज्यो

डिसी नेपाल
७ जेठ २०८० १६:१५

काठमाडौं । आईपीएल २०२३ को ६९ औँ खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । मुम्बई इन्डियन्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

हैदरावादको टोलीले पहिले ब्याटिङ गरिरहेको छ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा भइरहेको छ । प्लेअफमा पुग्ने मुम्बई इन्डियन्सको आशा जीवित राख्न यो खेल जित्नैपर्छ ।

मुम्बईको टोलीको खातामा १४ अंक छ र यो टोली हाल छैठौं स्थानमा छ । तीन टोली गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स र लखनउ सुपरजाइन्ट्स प्लेअफमा पुगेका छन् ।

चौथो स्थानका लागि मुम्बई, रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच भिडन्त हुँदैछ । मुम्बईको टोलीले यो खेल जित्यो भने पनि प्लेअफ पुग्ने निश्चित छैन ।

जितपछि पनि उसले आजको दोस्रो खेल कुर्नु पर्ने छ । यदि बैंगलोरले दोस्रो खेलमा गुजरात टाइम्सलाई हरायो भने प्लेअफमा उसको स्थान पक्का हुनेछ।

मुम्बईले हैदरावादलाई हराएपछि पनि त्यो अवस्थामा मात्र प्लेअफमा पुग्नेछ जब अर्को खेलमा बैंगलोरको टोली हार्छ वा खेल अनिर्णित रहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *