इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टरद्वारा चेल्सी पराजित

डिसी नेपाल
८ जेठ २०८० ७:५८
412
Shares

काठमाडौं। यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ। लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो।

इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो। लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ।

यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *