शुभमन गिलको शतकपछि विराट कोहलीको यस्तो प्रतिक्रियाको अर्थ के हो ?

डिसी नेपाल
८ जेठ २०८० १७:०१

काठमाडौं । आईपीएलको अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताबाट बाहिर गरिदिएको छ ।

फ्यानसँगै प्रतियोगितामा सहभागी अन्य टोलीले पनि यो खेलको जित वा हारको नतिजामा नजर राखेका थिए ।

प्लेअफमा पुग्ने चौथो टोली मुम्बई इन्डियन्सले बेङ्लोरको हारका कारण शीर्ष चार टोलीमा स्थान पाएको छ । बैंग्लोरको टोलीले जितेको भए मुम्बईको टोली बाहिरिने थियो।

उता, खेल चलिरहँदा क्यामेराले खेलाडीको हाउभाउ देखाइरह्यो र खेल सकिएपछि पनि स्टार खेलाडीको प्रतिक्रियाको चर्चा चलिरह्यो ।

गुजरातका ओपनर शुभमन गिल र बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहलीको प्रतिक्रियाको सबैभन्दा बढि चर्चा छ ।

विराट कोहलीले बैंगलोरका लागि शतक खेले तर शुभमन गिलको शतक अगाडि उनको इनिङ्स धमिलो भयो ।

शुभमन गिलले मात्र ५० बलमा आफ्नो शतक पूरा गरे र १०४ रन (५२ बलमा) बनाएर अन्तिमसम्म नटआउट रहे ।

आफ्नो इनिङ्समा शुभमनले आठ छक्का र पाँच चौका प्रहार गरे। शुभमन गिलको यो धुवाँदार इनिङले कोहलीको टोलीको प्लेअफ पुग्ने सपना टुट्यो ।

शुभमन गिलको इनिङ्समा विराट कोहलीको हाउभाउ देखेर धेरैले उनी निकै निराश भएको अनुमान गरेका छन् । अन्तिम ओभरमा शुभमन गिलले बलियो ब्याटिङ गरिरहेका थिए ।

१८औं ओभरमा मोहम्मद सिराजको बलमा गिलले छक्का प्रहार गरे । त्यसपछि उनले हर्षल पटेलको बलमा छक्का प्रहार गरे ।

उनको छक्काले कोहलीलाई छक्क पार्यो । यस्तो शट खेलेर गिलले च्यालेन्जर्सको मुखबाट जित निकाल्छन् भन्नेमा उनलाई विश्वास थिएन ।

यो छक्कापछि कोहलीले पानीको बोतल जमीनमा पछारे । उनी खुट्टाले पनि पिचमा हिर्काइरहेका थिए । यो उनको निराशासँग पनि जोडिएको देखियो।

सिराज निराश भएर भुइँमा पल्टिरहे । एकजना साथी खेलाडीले उनको हात समातेर उठाए ।

सामाजिक सञ्जालमा विराट कोहलीका धेरै समर्थकहरूले पनि बैंगलोर टोलीलाई बहिष्कार गरेकोमा निराशा व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *