रातमा पटक–पटक पिसाब लागि रहन्छ ? तुरुन्तै चिकित्सकलाई देखाउनुहोस्

काठमाडौं । बारम्बार पिसाब लाग्नु धेरै चिकित्सा समस्याहरूको संकेतको रूपमा देखिन्छ। प्रायः मधुमेहबाट पीडित व्यक्तिहरूलाई यो समस्या हुन्छ भन्ने विश्वास गरिन्छ, तर अन्य धेरै कारणहरू हुन सक्छन् । जसका लागि सबैले गम्भीर ध्यान दिनु आवश्यक हुन्छ। राति एकपटक उठेर पिसाब फेर्नु सामान्य कुरा हो तर एक पटकभन्दा बढी आवश्यकता महसुस भएमा तुरुन्तै विशेषज्ञसँग परामर्श लिनुपर्छ । यसलाई मेडिकल भाषामा नोक्चुरियाको समस्या भनिन्छ।
विभिन्न कारणले पिसाब थैलीको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्। पिसाबको कुनै पनि समस्या भएमा गम्भीर ध्यानाकर्षण गराउनुपर्छ । यसलाई बेवास्ता गर्दा दीर्घकालीन रोगहरू निम्त्याउन सक्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार रातको समयमा पिसाब फेर्न आवश्यक हुन्छ, तर दुई वा बढी बारम्बार पिसाब लागिरह्यो भने तपाई चेकअप गर्न आवश्यक भएको संकेत हुने बताउँछन्। यस्तो समस्यालाई नोक्चुरिया भनिन्छ । यो धेरै कारणले हुन सक्छ। सुत्नु अघि धेरै रक्सी पिउनु, बढेको प्रोस्टेट, अन्तर्निहित चिकित्सा अवस्थाहरू ९जस्तै उच्च रक्तचाप, गठिया, मधुमेह वा डिप्रेसनका कारण पनि नोक्चुरिया हुने गर्दछ। के कारण हो कारणको सहि पहिचान गरि यसको सही निदानको लागि तपाईंले समयमै डाक्टरलाई भेट्नुपर्छ।
यो समस्या किन हुन्छ ?:
नोक्टुरिया एक चिकित्सा शब्द हो जसको धेरै कारण हुन सक्छ। केही औषधिको साइड इफेक्टका कारण पनि तपाईलाई यो समस्या हुन सक्छ । उच्च रक्तचाप, हृदयघात जस्ता समस्यामा विशेष गरी मूत्रवर्धक औषधिहरू दिइन्छ। यस्तै रक्सी र क्याफिनयुक्त पेय पदार्थहरू पनि मूत्रवर्धक हुन्, जसको मतलब यी कुराहरु पिउनाले तपाईंको शरीरले अधिक पिसाब उत्पादन गर्छ। तसर्थ, अत्यधिक मात्रामा मदिरा वा क्याफिनयुक्त पेय पदार्थ सेवन गर्दा राति उठ्ने र पिसाब फेर्न आवश्यक हुन सक्छ।
के यो समस्या नियन्त्रण गर्न सकिन्छ?:
नोक्टुरिया कुनै गम्भीर रोग होइन। जीवनशैलीमा सामान्य परिवर्तन गरेर यस्ता समस्यालाई कम गर्न सकिन्छ। सुत्नुभन्दा ३–४ घन्टाअघि पिउने खानेकुरा कम गर्नाले राती बारम्बार पिसाब लाग्ने समस्याबाट राहत पाउन सकिन्छ।
रक्सी र क्याफिनयुक्त पेय पदार्थको सेवन कम गर्नुहोस्। यदि कुनै औषधिको कारणले यस्तो समस्या भइरहेको छ भने यस सम्बन्धमा चिकित्सकको सल्लाहमा मात्रै औषधिको सेवन कम वा बन्द गर्नुपर्छ । मधुमेह र केही मानसिक स्वास्थ्य समस्याले पनि यो समस्या निम्त्याउन सक्छ, यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्।
Facebook Comment