आइपीएलको पहिलो क्वालिफायर आज, गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्ने

डिसी नेपाल
९ जेठ २०८० ११:३०

काठमाडौं । आईपीएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । क्वालिफायर राउण्डको यो पहिलो खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । खेल साँझ ७.३० बजे सुरु हुनेछ ।

आइपीएल २०२२ को विजेता टोली गुजरात टाइटन्सले यस सिजनमा आफ्ना १४ खेलहरू मध्ये दस जितेको छ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्ने छ । हार्ने टोलीले एलिमिनेटर खेलको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल खेल्नेछ।

गुजरात र चेन्नई भने लिग राउण्डमा एक पटक मात्र भिडेका छन् । यो खेल गुजरातले ५ विकेटले जितेको थियो । यो खेल चेन्नईको घरेलु मैदानमा हुनेछ । यसैले सीएसकेको मनोबल उच्च हुनेछ।

लिग चरणमा गुजरातले घरेलु मैदानमा चेन्नईलाई पराजित गरेको छ । आईपीएलको इतिहासमा चेन्नई सुपर किंग्सको टोलीले गुजरात टाइटन्सविरुद्ध एक खेल पनि जित्न सकेको छैन ।

आईपीएल २०२२ मा डेब्यु गरेको गुजरातले चेन्नईसँग अहिलेसम्म तीन खेल खेलेको छ र सबैमा जित निकालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *