ब्वायफ्रेण्डले धोका दिए, युवतीले ५० लाख खर्च गरेर यसरी बदला लिइन्

डिसी नेपाल
९ जेठ २०८० १६:००

काठमाडौं । एउटी युवतीलाई प्रेमीले धोका दिएर छोडे । त्यसपछि ती युवतीले फरक तरिकाले बदला लिइन्। जसका कारण मानिसहरुले उनको धेरै तारिफ गरिरहेका छन् ।

उनले आफ्नो लुक्स परिवर्तन गर्न ३७ हजार डलर (करिब ५० लाख रुपैयाँ) खर्च गरेकी छिन् । प्रेमीसँग १५ वर्षदेखि सम्बन्ध थियो । बिहे गर्न ६ महिना मात्रै बाँकी छँदा प्रेमीले यी युवतीलाई छोडेर अर्की युवती सँग सम्बन्ध जोडे । त्यसपछि उनले आफूलाई परिवर्तन गर्नुपर्ने महसुस गरिन् ।

युवतीको नाम स्टेसी क्लार्क हो। उनले ओठ फिलर, कपाल प्रत्यारोपण, आँखा लिफ्ट, बुब जब, बट लिफ्ट, फेस लिफ्ट, लिपोसक्सन लगायतका धेरै शल्यक्रिया गरिसकेकी छिन् । स्टेसीले आफ्नो प्रेमीसँगको सम्बन्ध निकै पुरानो भएको बताइन् ।

उनले १४ वर्षको उमेरमा प्रेमीलाई भेटिन्। १६ वर्षको उमेरमा जेठो छोरालाई जन्म दिइन् । र १८ वर्षको उमेरमा दोस्रो छोरालाई जन्म दिइन् । मात्र ३३ वर्षकी स्टेसी पेसाले फोटोग्राफर हुन् ।

ब्रेकअपको केही समयपछि पूर्व प्रेमीले अर्की महिलासँग डेट गर्न थाले । त्यसपछि उनले काम र सन्तानमा मात्र ध्यान दिएकी छिन् । न्यूयोर्क पोस्टका अनुसार उनले आफूलाई परिवर्तन गर्ने निर्णय गरिन् । यसका लागि एकपछि अर्को शल्यक्रिया गरिएको थियो । यसले उनको आत्मविश्वास बढाएको छ ।

उनी भन्छिन्, ‘शल्यक्रियाले मलाई धेरै आत्मविश्वास दिएको छ । म एकदमै फरक रुपको मान्छे बनेकी छु । तर नयाँ जोडीको फोटोसुट गर्दा मुटुमा पीडा हुन्छ ।’

उनी भन्छिन्, ‘धेरै गाह्रो थियो । आफ्नै विवाह हुनुभन्दा ६ महिनाअघि नै मेरो सम्बन्ध टुट्यो । मैले त्यही ठाउँमा फोटोसुट गर्न आएँ जहाँ मेरो बिहे हुने तय थियो । यो धेरै गाह्रो छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *