खुमलटार र पुलिस विजयी

डिसी नेपाल
९ जेठ २०८० १८:०९

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले खेलको ३७ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै खुमलटारले २० खेलमा २१ अंक जोडेको छ समान खेल खेलेको सातदोबाटोको २९ अंक रहेको छ ।

त्यस्तै मंगलबार एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा अहमद हिजाजीले २८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *