एपीएफ र एनआरटीको जित

डिसी नेपाल
१० जेठ २०८० १७:५७

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा आवाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए । जितसंगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ । संकटाको २१ खेलमा २३ अंक रहेको छ ।

त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १–० गोल अन्तरले पराजित गरेको छ । एनआरटीको जितमा कृतिस रत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीकोे २१ खेलमा २९ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *