‘कोहली-कोहली..’ को नाराबारे नवीन उल हकले के भने ?
काठमाडौं । आईपीएलको फाइनल खेल चेन्नई र दोस्रो क्वालिफायर विजेता टोलीबीच हुनेछ । दोस्रो क्वालिफायर मुम्बइ र गुजरात खेल्दैछन् ।
आईपीएलको यो सिजन धेरै कारणले सम्झिोनेछ। जसमध्ये गौतम गम्भीर, विराट कोहली र नवीन उल हकबीचको झगडा पनि एउटा कारण हो ।
यो लडाईपछि नवीन उल हक र विराट कोहली लगातार चर्चामा छन् ।
यसको एउटा पक्षलाई यस तथ्यबाट बुझ्नुहोस् कि जब नवीन-उल-हक मैदानमा बाउन्ड्री नजिक देखिए, तब स्टेडियममा उपस्थित फ्यानहरू कोहली… कोहलीको नारा लगाएको देखिन्छ।
अब जब नवीन उल हकको टिम लखनउ आईपीएल बाट बाहिरिएको छ, तब कोहली…कोहलीको नारामा नवीन उल हकको प्रतिक्रिया आएको छ ।
क्रिकबजको समाचारअनुसार अनुसार नवीन उल हकले फ्यानले कोहली, कोहलीको नारा लगाउँदा आफूलाई रमाइलो लागेको बताएका छन् ।
नवीन-उल-हकले भने, “मलाई रमाइलो लाग्छ। मैदानमा मानिसहरूले उनको वा अरू कुनै खेलाडीको नाम लिँदा मलाई मन पर्छ। यसले मलाई जोश दिन्छ।
नवीन उल हकले भने, ‘म बाहिरबाट आउने आवाजलाई ध्यान दिँदिन । क्रिकेटमा मात्रै फोकस गर्छु । कसैले केही भन्यो वा भीडले नाम लियो भने मलाई केही फरक पर्दैन भन्ने होइन । खेलाडीको हैसियतले यो सबै सहनु पर्छ। जुन दिन तपाई टिमको लागि राम्रो खेल्न सक्नुहुन्न, त्यो दिन तपाईले फ्यानहरुको कुरा सुन्नुपर्छ । जुन दिन तपाईले राम्रो खेल्नुहुन्छ, तपाईको टोली र केहि व्यक्तिले तपाईको नाम लिनेछन्।
कोहली, नवीन र गौतम गम्भीरबीचको बहसपछि तीनैलाई जरिवाना गरिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment