विश्व टेस्ट क्रिकेट च्याम्पियनसिपको पुरस्कार राशी घोषणा

डिसी नेपाल
१३ जेठ २०८० १०:०५

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनसिपका लागि पुरस्कार राशि घोषणा गरेको छ ।

आईसीसीले टेस्ट च्याम्पियनसिप २०२१-२३ का लागि नौ टोलीलाई कुल ३.८ मिलियन डलर दिने जनाएको छ ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल अष्ट्रेलिया र भारतबीच लण्डनको ओभल मैदानमा हुँदैछ ।

फाइनल जित्ने टोलीले १.६ मिलियन डलर पाउनेछ । र उपविजेताले आठ लाख रुपैयाँ पाउनेछ । तेस्रो टोलीले चार लाख ५० हजार प्राप्त गर्नेछ ।

भारत र अस्ट्रेलियाबीचको फाइनल खेल ७ देखि ११ जुनसम्म हुनेछ ।

दक्षिण अफ्रिकाको टोली विश्व टेस्ट च्याम्पियनको वरियतामा तेस्रो स्थानमा रहेको छ ।

न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज र बंगलादेशले १ लाख डलर पाउनेछन् ।

२०२१ मा न्यूजिल्याण्डका केन विलियम्सनले १६ मिलियन डलर पाएका थिए । वर्षाले रोकिएको खेलमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *