रुपेश जैसवाललले उचाले बुद्धिचालको उपाधि

डिसी नेपाल
१४ जेठ २०८० ७:४८
68
Shares

भक्तपुर। भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन्।

साे प्रतियोगितामा सुदीप तामाङ दोश्रो र बद्रीलाल नेपाली तेश्रो हुन सफल भए भने शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा चौथौ सुरोज महर्जन, पाँंचौ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौ सुरवीर लामा, आठौ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए।

विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो। उनीहरुलाई बागमति प्रदेशका साँंसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोश्रो हुने १५ हजार र तेश्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए । चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो।

आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए। प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएकाे छ। साे प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियाे।

टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा साे प्रतियोगिता गरिएको हो। ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो। उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए। कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *