लिग बिजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित
काठमाडाैं। इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ। प्रियिमय लिग बिजेता टोली म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १-० ले पराजित हुन पुगेको हो।
ब्रेन्टफर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो र दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन। बरु, खेलेको ८५औं मिनेटमा इथान पिननकले गोल गरिदिए। उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो।
अन्ततः सो पछि कतैवाट गोल हुन नसके पछि बेन्टफर्डले १-० को जीत हासिल गर्न सफल भयो। ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुईपटक पराजित गरेर रेकर्ड कायम राख्यो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment