लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक
चितवन। असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल सार्वजनिक भएको छ। नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा अडियो जिंगल सार्वजनिक गरेका हुन्।
नायक अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरुलाई हौसला मिल्ने बताए। नायिका प्रियंका कार्कीले फिल्मी अवार्ड कलाकारहरुका लागि उत्सव भएको बताइन्। चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको हो।
अडियो जिंगलमा आनन्द कार्की, सरिता शाहीको स्वर रहेको छ। हरि कार्की ‘लक्की’ को शव्द, राजु सिंहको संगीत , मनोहर सुनाम म्युजिक एरेन्जर, भोला पौडेल रेकर्डिङ/मिक्स मास्टर रहेका छन्। साउन्ड रेकर्डिङ स्टुडियोमा जिंगल रेकर्ड गरिएको हो। फिल्मी अवार्डमा देशभरबाट सिनेकर्मी, कलाकारहरु सहभागि हुनेछन्।
फिल्मी अवार्ड कार्यक्रम लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा हुनेछ। लक्की मिडियाका महाप्रवन्धक कार्कीले देशव्यापी प्रचार-प्रसार कार्य जारी रहेको बताए। अवार्ड वितरणका लागि जुरी टिम समेत निर्माण भैसकेको बताए। उनका अनुसार सिने क्षेत्रका दुई दर्जन बढी विधामा अवार्डहरु वितरण हुने छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment