दीपक चाहरले अटोग्राफ मागेपछि धोनीको प्रतिक्रिया किन भाइरल भयो ?

काठमाडौं । आईपीएल टोली चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी सोमबार पाँचौं पटक उपाधि जितेर मैदानमा निकै खुसी देखिए ।
सोमबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको क्यामेराले यस्तो पल कैद गरेको थियो, जसको क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बलर दीपक चाहर धोनीसँग अटोग्राफ माग्न जाँदा उनी अलि असहज देखिन्थे र अटोग्राफ दिने मुडमा थिएनन् ।
यद्यपि पछि धोनीले चाहरको टिसर्टमा अटोग्राफ दिए । धोनीले चाहरलाई अस्वीकार गर्दा बीसीसीआईका उपाध्यक्ष राजीव शुक्ला पनि त्यहाँ थिए ।
— Out Of Context Cricket (@GemsOfCricket) May 29, 2023
चाहरतर्फ इशारा गर्दै धोनीले राजीव शुक्लालाई पनि केही भन्दैछन् । धेरैले यो भिडियो शेयर गर्दै चहरको अनुरोधमा धोनीको प्रतिक्रिया हेर्न लायक रहेको लेखेका छन् ।
त्यस्तै, मे १४ मा आईपीएल खेलपछि भारतका दिग्गज क्रिकेटर सुनिल गावस्करले मैदानमा धोनीसँग अटोग्राफ मागेका थिए । गावस्करले आफ्नो छाती धोनीतर्फ फर्काए र धोनीले उनको शर्टमा अटोग्राफ दिए।
सुनिल गावस्करको अनुरोधमा महेन्द्र सिंह धोनीले आफ्नो नाम उनको मुटुको नजिक लेखेका थिए ।
गावस्करले यस्तो अनुरोध गर्नेछन् भन्ने धोनीलाई थाहा थिएन । उसको लागि, यो अचानक आयो, यो यस्तो क्षण थियो जसमा उनी एक क्षणको लागि स्तब्ध भए।
Facebook Comment