बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था

डिसी नेपाल
१७ जेठ २०८० १३:०२
440
Shares

मुम्बई। फिल्म ‘पुष्पा’को गीत ‘ऊ अंटावा’मा आइटम नृत्य गरेकी साउथ अभिनेत्री सान्था रुथ प्रभु हरेक दिन सफलताको नयाँ उडान भरिरहेकी छन्। हालका दिनमा उनी अभिनेता वरुण धवनका साथ सर्बियामा वेब सिरिज ‘सिटाडेल’को सुटिङ गरिरहेकी छन्। यो वेब सिरिज प्रियंका चोपडाले अभिनय गरेको वेब सिरिजको हिन्दी भर्सन हो।

सामन्थाले चाँडै नै बाफ्टा अवार्ड विजेता हलिउड निर्देशक फिलिप जोनको निर्देशकीय फिल्ममा अभिनय गर्ने भएकी छन्। उनी ‘सिटाडेल’को काम पुरा गरेपछि विवेक कालराका साथ पहिलो अङ्ग्रेजी फिचर फिल्ममा अभिनय गर्नेछिन्। यो फिल्म टिमरी एन मुरारीको उपन्यास ‘द अरेजन्मेन्ट्स अफ लभ’मा आधारित हुनेछ।

फिल्मले एक दक्षिण एसियाली वेल्समेन विवेक कालराको कथा बोल्नेछ। जो आफ्नो पिता खोज्नका लागि चेन्नईको यात्रा गर्छन् । उनले एक जासुस(सामन्था रुथ प्रभु)को सहयोग माग्छन्। रोमान्टिक कमेडीमा आधारित फिल्ममा दर्शकले पूर्वीय र पश्चिमी संस्कृतिको मिश्रण पाउनेछन्।

फिल्मको सुटिङ चेन्नई र यूकेमा हुनेछ। फिल्म अङ्ग्रेजी र तमिल दुवै भाषामा रिलिज हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *