मलेसियामाथि नेपाल २७ रनले विजयी, ५ खेलको सिरिजमा २-१ को अग्रता

डिसी नेपाल
१८ जेठ २०८० १२:०७

काठमाडौं। महिला टि-२० आई खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यससँगै नेपालले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

आज नेपालले दिएको १११ रनको लक्ष्य पच्छ्याएको मलेसियाने निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सकेको हो ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि सीता राना मगरले २१, ज्योति पाण्डेले २३, इन्दु बर्माले २० र कप्तान रुबिना क्षेत्कीले २७ रन बनाए । मलेसियाका लागि निक नूर अतियाले २, आइसा एलिसा र विनिफ्रेड दुराइसिंघमले १-१ विकेट लिए ।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले २० र माहिरा इजाती इस्माइलले ४४ रन बनाए पनि अरू कसैले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । नेपालका लागि कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले १-१ विकेट लिए ।

यो सिरिजमा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *