खेलाडी पलायन कम गर्न माग गर्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र

डिसी नेपाल
१८ जेठ २०८० १८:५२

काठमाडौं । खेलाडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगाएका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रीक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्वुलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार सिंहदरबारमा मन्त्री लिम्वुलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायीक गर्दै लैजानुपर्ने, सवै विधाका खेल प्रतियोगीताको लागि बृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन् , साथै संघले खेलकुदमा भ्रष्टाचार र पेश्की फछ्यौट, राष्ट्रिय संघहरुको बेरुजुलाई अबिलम्व व्यवस्थीत गर्नुपर्ने जनाएको छ भने एकीकृत प्रशिक्षण स्थल र बसोबास सहित खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय टीम तयारीलाई बर्षभरी निरन्तरता दिनुपर्ने लगाएतका माग राखेका छन् । संघको ज्ञापन पत्र बुझ्दै मन्त्री लिम्वुले खेल क्षेत्रको बिकास र बिस्तारका लागि सारेका मागहरुलाई सकारात्मक रुपमा लिएको बताए । उनले पदमा बसुन्जेल इमान्दारीतापूर्वक खेल क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझउदै संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले पदावधी सकिएका खेल संघहरुको निर्वाचन अविलम्व गर्नुपर्ने, भ्रष्टाचारमा लुप्त राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र सदस्यहरु सवैर्ला वर्खास्त गर्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *