रारामा म्याराथन प्रतियोगिता हुने

डिसी नेपाल
१९ जेठ २०८० ८:४७
44
Shares

मुगु। मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो।

प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए। सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन्। दुई हजार नौ सय ७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उनी बताउँछन्।

प्रतियोगितामा पहिलो हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ। सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित सस्म्मान गरिने आयोजकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *