नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान लिइँदै

डिसी नेपाल
१९ जेठ २०८० ९:१०
268
Shares

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट लिने भएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए।

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजबाट सुरु हुनेछ। महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए।सो प्रकरणमा मुछिएकाहरूकाे बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *