नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट बालकृष्ण खाँड र टेकनाथ रिजालको बयान लिइँदै

डिसी नेपाल
१९ जेठ २०८० ९:१०

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट लिने भएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो।

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए।

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजबाट सुरु हुनेछ। महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए।सो प्रकरणमा मुछिएकाहरूकाे बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *