‘ओ मेरो राजा जी’मा हट मोनिकासँग रोमान्टिक पुष्प

डिसी नेपाल
२१ जेठ २०८० १४:५६
848
Shares

काठमाडौँ। गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

सन्तोष सुनारकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन्। भिडियोमा जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायांकन छ।

भिडियोमा नायक पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको रोमान्स हेर्न सकिन्छ। निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन्। भिडियोमा मोनिका हट देखिएकी छिन्। उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन्।

गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *