सर्वोच्चमा सरकारविरुद्ध गौर हत्याकाण्डको मुद्दा दर्ता, भोलि पेसी

काठमाडौं। रौतहटको गौर हत्याकाण्डमा सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ ।
त्रिभुवन साहसमेतले रिट दर्ता गरेका हुन् । ७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको मारिएका थिए ।
रौतहटको गौरस्थित राईस मिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।
प्रतिक्रिया
Facebook Comment