शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत

डिसी नेपाल
२१ जेठ २०८० २२:२३

लुम्बिनी। रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पु¥याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सिकाइमा सहयोग गरेर कक्षा उत्तीर्ण गराउन सफल भएका थिए ।

शैक्षिक सत्र २०७९ मा साथी शिक्षकको रूपमा योगदान दिने करिब एक सय ५० विद्यार्थीलाई प्रोत्साहनस्वरूप शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाइमा सहजीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहज बनाएको बताए।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गरेका थिए भने विद्यार्थीहरूले आफ्नो विभिन्न कलासमेत प्रदर्शन गरेका थिए । शान्ति नमूनामा २०७६ सालदेखि निरन्तररूपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्ला हप्तामा सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषदको कारोबार जस्ता आपराधिक एवं अवाञ्छित क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ ।

यसैबीच बैतडीको मेलौली नगरपालिका–५ को अर्जुन अदल्ले नामको भीरबाट खसेर आज सोही जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको मृत्यु भएको पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *