फिल्म ‘लुङा’को फस्टलुक सार्वजनिक

डिसी नेपाल
२२ जेठ २०८० ११:०१
464
Shares

काठमाडौँ। भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘लुङा’को फस्टलुक सार्वजनिक भएको छ। लिम्बु संस्कृतिमा बनेको फिल्म श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

फिल्मका निर्देशक किरण राईले फिल्ममा लिम्बु संस्कृतिलाई महत्वका साथ उठान गरिएको बताए। फस्टलुकमा बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई फिचर्ड छन्। यसै साता काभ्रेमा हुने ‘दोश्रो नेपाल ग्रामीण फिल्म महोत्सव’मा फिल्म प्रिमियर गरिने छ।

सन्जिब राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय छ।

फिल्ममा शान्ता पौडेल, मनिषा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सह–निर्माता छन्। भुमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको फिल्ममा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको स्वर, किरण राईको छायांकन तथा सम्पादन छ।

भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा संवाद लेखेका हुन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। फिल्मलाइ काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *