‘बैजु बावरा’मा शेयर पारिश्रमिकमा काम गर्दै रणवीर
मुम्बई। ‘गोलिया कि रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ जस्ता सफल फिल्ममा सहकार्य गरेका निर्देशक सञ्यलीला भन्साली र अभिनेता रणवीर सिंह नयाँ म्यूजिक एपिक फिल्म ‘बैजु बावरा’मा चौथो सहकार्य गर्दैछन्। फिल्म आगामी २०२४ को जनवरीमा फ्लोरमा जाने तयारीमा छ। फिल्ममा रणवीरको अपोजिटमा आलिया हुनेछिन्।
फिल्मका लागि रणवीरले पारिश्रमिकको सट्टा निर्देशक भन्सालीसँग नाफा बाँडफाँटको सम्झौता गरेका छन्। ‘फिल्मलाई आफ्नो दाउभन्दा माथि राख्न र निर्देशक भन्सालीजस्तो मास्टरसँग जुनसुकै हदसम्मको काम गर्न रणवीर तयार छन्। रणवीर फिल्मबाट पारिश्रमिकका रुपमा टोकन रकम लिने र बाँकी फिल्मका लागि रिजर्भ गर्नेमा सहमत छन्’, फिल्म निकट स्रोतले भन्यो ।
भन्साली आफूले मनले चाहेको खर्च गर्न सबै पैसा लगानी गर्दैछन्। ‘महामारी पछिको समयमा व्यावसायिक गतिशिलता परिवर्तन भएको छ । जहाँ निर्मातहरुले सबै पैसा अभिनेता र अभिनेत्रीको शुल्कका रुपमा राखेका छैनन्। यदि बैजु वावरा सफल भयो भने रणवीरले आफ्नो बजार मुल्य पाउनेछन्’, स्रोतले भनेको छ।
फिल्ममा जयन्ती लाल गाडाको लगानी रहनेछ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment