हिसान दौडमा विकेश र हृदय पहिलो

डिसी नेपाल
२२ जेठ २०८० २०:३८

काठमाडौं । पिनाकल कलेजका विकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथम हिसान दौडमा पहिलो भएका छन् । छात्रमा विकेश र छात्रामा हृदय चार किलोमिटर दुरीको दौडमा पहिलो भएका हुन् ।

हिसान काठमाडौँ जिल्ला कार्य समितिद्वारा आज आयोजित उक्त प्रतियोगिताको छात्रमा पिनाकलका निनम राई दोस्रो तथा पिनाकलकै नकुल घर्ती तेस्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौँ र जोसेफका अमित बोहरा छैटौँ भए ।

विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको छात्रामा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोस्रो तथा भेनसकी सुकलामो तामाङ तेस्रो स्थानमा रहिन् । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौँ स्थानमा दौड टुङ्गाइन् ।

छात्र/छात्रा दुवैमा पहिलो हुनेले रु १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले रु पाँच हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौँ हुनेले सान्त्वना स्वरुप जनही रु एक हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौँका अध्यक्ष शिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

दौडमा करिब तीन सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान काठमाडौँका कोषाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुङ्गिएको थियो । दौडको उद्घाटन पनि खेलकुद मन्त्री लिम्बूले नै गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *