शाहरुखको डंकीमा बिक्की कौशलदेखि तापसीसम्म

डिसी नेपाल
२३ जेठ २०८० ८:३२
1.9k
Shares

मुम्बई। शाहरुख खान यो वर्ष आफ्ना दुई फिल्म जवान र डंकीका कारण निकै चर्चामा छन्। किंग खानका फ्यानहरु उनका दुबै फिल्मको प्रतिक्षामा छन्।

जवानको भिएफएक्सको काम अन्तिम चरणमा छ भने डङ्कीको छायांकन चलिरहेको छ। यो चलचित्रलाई बलिउडका दिग्गज निर्देशक राजकुमार हिरानीले निर्देशन गर्दैछन्। राजकुमार हिरानीलाई सधैं ब्लकबस्टर फिल्म दिने यस्ता निर्देशकहरूमा गनिन्छन्।

यसैबीच शाहरुख खानको फिल्म डंकीको स्टार कास्ट सार्वजनिक भएको छ। अहिले रेडिटमा एउटा तस्वीर भाइरल भइरहेको छ। जसलाई डंकीको स्टार कास्टको खुलासा भएको छ।

तस्विरमा शाहरुख खान बाहेक अभिनेत्री तापसी पन्नु, बोमन इरानी, ​​सतीश शाह, दिया मिर्जा र विक्की कौशल देखिएका छन्। यो तस्विर मार्फत डंकीको पुरै स्टार कास्ट भएको दाबी गरिएको छ। यद्यपी, डन्कीको पूर्ण स्टार कास्ट निर्माताले आधिकारिक रूपमा खुलासा गरेका छैनन्। तर यो तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

शाहरुखको फिल्म डंकी यो वर्ष क्रिसमसको अवसरमा रिलिज हुँदैछ। उनका फ्यानहरु लामो समयदेखि फिल्मको प्रतिक्षामा थिए। शाहरुख खानको अघिल्लो फिल्म पठानको कुरा गर्दा यो उनको करियरको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म बनेको छ। फिल्म पठान यसै वर्ष २५ जनवरीमा हलमा रिलिज भएको थियो। जसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । योसँगै कैयौं कीर्तिमान पनि तोडेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *