तामाङ भाषाको फिल्म ‘चार दाम’ सुरु
काठमाडौँ। तामाङ जातिको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बद्धन गर्न फिल्म ‘चार दाम’ निर्माण हुने भएको छ।
फिल्मको गत सोमबार इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मुहुर्त गरिएको थियो। मुहुर्तमा नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेखबहादुर तामाङ घिसिङले क्ल्याप, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले मुहुर्त सट दिएका थिए ।
कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाम फिल्मका निर्देशक तथा लेखकका रुपमा लाखमान योन्जन तामाङ रहेका छन् भने कलाकारहरूमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत छन्। फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशकमा सुमन योन्जन तामाङ, निर्मातामा मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ रहेका छन्।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment