स्वरुपराज, कमला र येदिनको सहकार्यमा तयार ‘धुँवा धुँवा’ सार्वजनिक (भिडियो)
काठमाडौं। गायक स्वरुप राज आर्चायको स्वर रहेको धुँवा धुँवा बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमकाबिच भिडियो रिलिज गरेको हो । सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थिती रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ।
सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द रहेको छ भने संगीत येदिन गजमेरको रहेको छ । गीतकार कमला र संगीतकार येदिन सांगीतिक क्षेत्रमा यसअघि नै राम्रा राम्रा सांगीतिक कोशेलीहरु पस्किसकेका स्रष्टाहरु हुन् । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनको मिक्सिगं तथा मास्टरिगं रहेको छ।
जसमा प्रान्जल न्यौपाने र स्मृती श्रेष्ठको अभिनय रहेको छ। व्यबस्तताकाबिच एक्लिएका एक प्रेमीको मनमा खड्कीएको एक्लोपनालाई भिडियोले देखाएको छ। जसमा मानिसको जिन्दगीमा आइपर्ने अनेक आरोह अवरोहरुलाई कलात्मक शैलीमा निर्देशक केशबराज भट्टले भिडियोमा देखाएका छन्।
उत्सब दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिकास दाहालले गरेका हुन्। प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।
हेर्नुहोस् भिडियोः
No ads found for this position

डिसी नेपाल
Facebook Comment