यामको ‘कार्साङ’मा दयाहाङ अनुबन्धित

डिसी नेपाल
२४ जेठ २०८० १३:१९
132
Shares

काठमाडौँ। अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन्। यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन्।

फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ। फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन्। फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने। उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए। निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *