भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ को मृत्यु

डिसी नेपाल
२५ जेठ २०८० ६:२२
68
Shares

काबुल। अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरवाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरवाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ,चौबीस जनाको मृत्यु भएको छ,’ उनले भने।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *