जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, अन्य तीनजना घाइते
स्याङ्जा। जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन्।
दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्। गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment