चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज, गीतमा उठाईयो लैंगिकताको बिषय
काठमाडौँ। नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ।
एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ।
भिडियोमा निर्देशक समेत रहेकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख बनाईएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ। चलचित्रकी निर्देशक पण्डितले सार्वजनिक गीतले यस चलचित्रको अर्को कथा देखाउने बताईन्।
उनले भनिन्, “यो चलचित्रमा प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा यस चलचित्रमा रहेको छ। यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा रहेको छ।” यो चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितको रहेको छ।
यस चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमूख अभिनय रहेको छ। आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो। चलचित्रको रिलिज मिति छिट्टै तोकिने निर्देशक पण्डितले बताईन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment