यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु

डिसी नेपाल
२९ जेठ २०८० १८:२०
148
Shares

दार्चुला । दार्चुलामा यार्सागुम्बा संकलन गरी परिवारका सदस्यसहित घर फर्किरहेकी एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।

जिल्लाको खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । व्याँस गाउँपालिकाको हुमदुम्तीमा हिउमा चिप्लिएर घाइते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको हल्द्वानी रेफर गरिएको थियो। त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *