स्वयंसेवी रक्तदान : महिलाको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

डिसी नेपाल
३० जेठ २०८० १२:२५
84
Shares

काठमाडौँ। विश्व रक्तदाता दिवसको सन्दर्भमा भक्तपुर उद्योग बाणिज्य संघको महिला समितिको सहकार्यमा आयोजना भएको स्वयंसेवी रक्तदान : महिलाको भुमिका – अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। ब्लोदान केन्द्रको आयोजनामा आयोजित उक्त कार्यक्रम भक्तपुर उद्योग बाणिज्य संघको सभाहल, ब्यासि, भक्तपुरमा विहान ११ बजे ब्लोदान भक्तपुरका अध्यक्ष रुकेश रन्जितको सभापतित्वमा सम्मन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिब प्रसाद मानन्धरले महिलाहरु पनि रक्तदानको क्षेत्रमा उत्तिकै अग्रसर हुनु पर्ने धारणा राखे। यस्तै बिशेष अतिथि रोशनि मैया धौबन्जाले घर परिवार, समाज र अफ्नो ब्यापार ब्यबसायमा मात्र सिमित नभएर ब्लोदानले अघि सारेको रक्तदान जस्तो सामाजिक कार्यमा सक्रिय हुन अनुरोध गरिन्।

कार्यक्रममा प्रमुख अतिथिमा भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिब प्रसाद मानन्धर, विशेष अतिथीमा रोशनी मैया धौबन्जा, डा. मनिता राजकर्णिकार, सूर्य कुमारी श्रेष्ठ, निता घिराइया, श्रीया बल्लका साथै ब्लोदान केन्दका अध्यक्ष इ. सानुबाबु प्रजापती लगायत रक्तदानमा आबद्ध महिलाहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *