दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने

डिसी नेपाल
३० जेठ २०८० १३:४६
240
Shares

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरेको छ।
कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो।

अग्रज लोक स्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेम देव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन्।

अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने प्रतिष्ठानको घुम्ती बैठकले निर्णय गरेको छ।प्रतिष्ठानका सल्लाहकार रहेका रायमाझीको सांगीतिक साँझ आगामी भदौं महिनामा हुने भएको हो। अब हरेक वर्ष एक जना लोक स्रष्टाको सांगीतिक साँझ आयोजना गर्ने समेत प्रतिष्ठानले निर्णय गरेको छ।

प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकार गरी १ सय हाराहारी कलाकार ताङतिङ पुगेका थिए। बैठकमा संस्थागत प्रशिक्षण एवं अन्तरक्रिया समेत गरिएको उपमहासचिव शिरीष देवकोटाले जानकारी दिए।

देशको स्थानीय कला संस्कृतिको सम्बर्द्धन गर्दै पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले ताङतिङले घुम्ती बैठक आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। गत फागुनमा रीता थापा मगरको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति निर्वाचित भएको थियो। यो कार्यसमिति पछिल्ला दिनमा सरसफाइ अभियानमा समेत सक्रिय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *