दिल्ली-एनसीआर सहित उत्तर भारतभर भूकम्पको धक्का
काठमाडौं । दिल्ली-एनसीआर सहित सम्पूर्ण उत्तर भारतमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको केन्द्रविन्दु जम्मू कश्मीरको डोडामा रहेको र यसको तीव्रता रिक्टर स्केलमा ५.४ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा ओपी मिश्रले भूकम्पको तीव्रता ५ दशमलव ४ रहेको र भारतीय समयअनुसार १ बजेर ३३ मिनेट ४२ सेकेण्डमा भूकम्प गएको बताए ।
भूकम्पको केन्द्रविन्दु जम्मु कश्मीरको डोडामा रहेको र हिमाचल प्रदेश, चण्डीगढ, पञ्जाब र आसपासका सबै क्षेत्रमा भूकम्पको धक्का महसुस भएको उनले बताए ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै श्रीनगरका एक स्थानीय बासिन्दाले भने, “अहिले भूकम्प आएपछि विद्यालयमा पढ्ने बालबालिकाहरू डराएका थिए। यो अघिल्लो हप्ता पनि आयो तर आज आएको बलियो थियो। सवारी साधनमा यात्रा गरिरहेका मानिसहरू पनि भूकम्पको बेला बाहिर निस्केका थिए।”
इएमएससीका अनुसार भूकम्पको केन्द्रबिन्दु जम्मू कश्मीरको किश्तवाडबाट ३० किलोमिटर दक्षिणपूर्वमा थियो। यसको तीव्रता रिक्टर स्केलमा ५.७ मापन गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment