‘पत्रकार विवाद’ समाधान गर्न अग्रसर हुन भारतलाई चीनको अपिल

डिसी नेपाल
३० जेठ २०८० १५:२०
236
Shares

काठमाडौं । चीनले दुई देशबीच जारी पत्रकार विवाद समाधान गर्न भारतलाई अग्रसर हुन अपिल गरेको छ । ताकि भारत र चीनका पत्रकारहरुले एक अर्काको देशमा स्वतन्त्र रुपमा काम गर्न सकून् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतमा काम गर्ने चिनियाँ पत्रकारहरूलाई हालैका वर्षहरूमा राम्रो व्यवहार नगरिएको बताए। उनले भविष्यमा पनि चिनियाँ पत्रकारहरूलाई भारतले भिसा जारी राख्ने आशा व्यक्त गरे।

चीनको यो भनाइ यस्तो बेला आएको हो जब उसले त्यहाँ कार्यरत दुई भारतीय पत्रकारको भिसा नवीकरण गर्न अस्वीकार गरेको छ । चीनले भारतमा काम गर्ने चिनियाँ पत्रकारलाई भिसा दिन वा नवीकरण गर्न भारतले अवरोध गरिरहेको बताएको छ।

चीनको यो कदमपछि त्यहाँ काम गर्ने पीटीआई पत्रकारहरूले यसै महिनाको अन्त्यमा चीन छाड्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *