बिबाहबाट फर्केको डुंगा पल्टिदा नाइजेरियामा सय जनाको मृत्यु, कयौं बेपत्ता

डिसी नेपाल
३१ जेठ २०८० ७:२५
344
Shares

अबुजा। उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ।

उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुंगा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन्।

छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा सोमबार बिहान डुंगा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए।

स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुंगा पल्टियो। डुंगामा एक सयभन्दा बढी मानिस सवार थिए। बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घन्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए।

अधिकारी र स्थानीयवासीले नदीमा अझै शव खोजिरहेका छन्। नाइजेरियाका धेरै दुर्गम समुदायहरूमा डुंगा दुर्घटनाहरू सामान्य छन् जहाँ स्थानीय रूपमा बनाइएका डुंगाहरू प्रायः यातायातको लागि प्रयोग गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *