‘रंग दे वसन्ती’का निर्देशकले ‘महाभारत’ सबन्धी फिल्म बनाउँदै
मुम्बई। फिल्म ‘विक्रम’का रोलेक्स भाई अर्थात तमिल स्टार सूर्या भारतीय फिलमका लागि आउँदो दिनमा एक ठूलो प्रोजेक्ट लिएर आउँदैछन्। पछिल्लो पटक उनको फिल्म ‘कंगुवा’को फस्ट लुक सार्वजनिक हुँदा फ्यान उत्साहित भएका थिए । यो फिल्म १० भाषामा बनिरहेको छ।
सूर्या चाँडै नै ‘रंग दे वसन्ती’ र ‘दिल्ली ६’ जस्ता फिल्मका निर्देशक राकेश ओमप्रकाश मेहराको नयाँ प्रोजेक्टमा प्रमुख भूमिकामा देखिँदैछन्। मेहरा पछिल्ला दिनमा भारतको सबैभन्दा ठूलो महाकाव्यमध्येको एक ‘महाभारत’मा आधारित रहेर एक फिल्मको काम गरिरहेका छन्। यो फिल्मको कथा सूर्यपुत्रका रुपमा परिचित चरित्र कर्णमा आधारित हुनेछ। फिल्म दुई भागमा बन्नेछ।
फिल्म सन् २०२४ सम्म फ्लोरमा जानेछ। फिल्ममा सूर्याले कर्णको भूमिका निभाउनेछन्। फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ। निर्देशक अहिले प्री–प्रोडक्सनको काम गरिरहेका छन्।
राकेश करिब अढाई घण्टाको फिल्म बनाउन चाहन्छन्। फिल्मको कथा अनुसार पात्र र समय बढी लाग्ने भएपछि उनले दुई भागमा फिल्म बनाउने निर्णय लिएका हुन्। गत वर्ष फिल्मका लागि राकेशले अभिनेता शाहिद कपूरलाई फाइनल गरेका थिए। जब फिल्म दुई भागमा निर्माण हुने भनियो, त्यसपछि शाहिद प्रोजेक्टबाट अलग्गिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment