फलफूल तथा तरकारीकाे आजको मूल्य : गाेलभेडा ७ रुपैयाँ, काउली ५५ रुपैयाँ

डिसी नेपाल
३१ जेठ २०८० ९:२०
4.8k
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्य सर्वजनिक गरेकाे छ।

जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रुपैयाँ ४० पैसादेखि ६५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ। मूल्यसूची अनुसार आज सानो गोलभेडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रुपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महंगो प्रतिकेजी ६५० रुपैयाँ पुगेको छ।

त्यस्तै, आभोकाडो प्रतिकेजी ५५० रुपैयाँ रहेको छ भने गोलभेडा (नेपाली), लाम्चो भन्टा, घिरौला, चिचिण्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तितो करेला र भेडे खुर्सानी ४५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३२ रुपैयाँ ३३ पैसा ताेकिएकाे छ।

यसैगरी, लाकेल गाँजर ११५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रायोको साग ४६ रुपैयाँ ६७ पैसा तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *