‘नियमितरूपमा ‌रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस सम्पन्न

डिसी नेपाल
३२ जेठ २०८० १३:२७

काठमाडौँ। ‘नियमितरूपमा ‌रगत र प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौं ´भन्ने नाराका साथ विश्व रक्तदाता दिवस १४ जून २०२३ साताव्यापी कार्यक्रम सम्पन्न भएको छ। ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)ले आज नेपा व्याङ्क्वेट खुसिबुँमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो।

टि.यु .लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टरका महासचिव अजय प्र. खनालले विश्व रक्तदाता दिवसका अवसरमा सम्पुर्ण रक्तदाताहरु प्रति नमन गरे। साथै, टि.यु .लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर आगामी श्रावण महिना भित्र संचालनमा आउने पनि बताए।

संस्थापक एवं बरिष्ठ सल्लाहकार सूर्य कुमारी श्रेष्ठ रक्तदाताहरुलाइ ब्लोदानले उत्प्रेरणा कार्यक्रम मार्फत सचेतना जगाउदै रक्तदानको क्षेत्रमा उल्लेख्य भुमिका खेलेको बताइन्। ब्लोदानलाइ यस्तै रचनात्मक कार्य गर्दै जान शुभकामना व्यक्त गरिन्।

विश्व रक्तदाता दिवस समापन समारोहमा विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान र रक्तदाताका सम्बन्धमा जनचेतना मुलक कार्यक्रम आयोजना गरी सफलतापुर्वक सम्पन्न गर्ने विभिन्न संघ संस्थाहरुलाई १३ वटा विधामा सिल्ड सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।

साथै, ‘म रक्तदान गर्नेछु’ शिर्षकमा भएको उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालय (कक्षा ९ र १०) स्तरीय निबन्ध प्रतियोगितामा भाग लिइ ब्लोदानलाई निवन्ध पठाउने १४२ जना भाई बहिनीहरुको निवन्धमध्ये ३ जना भाईबहिनीहरुको निवन्ध उत्कृष्ठ भएको छ।

जसमा पहिलो स्थान हात पार्न सफल बुध्दनगर स्थित के.एम.सी स्कुलका कृतिका जि.सी उनले प्राप्त गरेको अंक ४२ रहेको थियो भने भक्तपुर स्थित सैनिक आवासिय माध्यामिक विद्यालयका आयुषा बन्जारा ४१.३३ अंकका साथ दोश्रो स्थान हात पार्न सफल भइन् भने काठमाडौँ जोरपाटी स्थित डाफोडिल पब्लीक स्कुलका अटलदेव ढकाल ४०.६७ अंकका साथ तेश्रो स्थान हात पारेका थिए। विजेता भाइ बहिनीहरुले जनही क्रमश ५०,०००।-, २५,०००।-, र १०,०००।- हात पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *