‘किसिङ म्यान’ इमरान हाशमी भिलेनकाे भुमिकामा देखिने
मुम्बई। साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन्।
साउथको यो प्रतिक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन्। फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ।
फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन्। इमरानको यो तेलुगु डेब्यू फिल्म हो।
‘म ओजीका साथ नयाँ यात्रा गर्न उत्साहित छु। फिल्मको कथा मजबुत र मनोरन्जक छ। यसले मलाई चुनौतीपूर्ण भूमिका प्रदान गरेको छ। पवन कल्याण, सुजीत, दानय्या र टीमका साथ काम गर्न उत्साहित छु’, इमरानले भनेका छन्।
फिल्ममा प्रकाश राज, अर्जुन दास र श्रीया रेड्डीको पनि अभिनय छ। डीवीवी दानय्याले निर्माण गरेको फिल्म डीवीवी इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको हो। फिल्ममा निर्देशक सुजीतकै लेखन छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment