६० प्रतिशत मै राष्ट्रपतिको मुटुको नशा छेडियो

मदन कोइराला
१ असार २०८० १३:०७

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्टेन्ट राख्दा जम्मा ६० प्रतिशतमात्र व्लकेटमै राखिएको पत्ता लागेको छ।

मेडिकल साइन्समा सामान्यतया ८० प्रतिशत व्लकेड हुँदामात्र स्टेन्ट राख्ने उपयुक्त मानिन्छ। यो विषयलाई लिएर गंगालाल हदयरोग केन्द्रमा डाक्टरहरु बीच मतभिन्नतासमेत आएको थाहा भएको छ।

मंगलबार मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पौडेलको नशामा स्टेन्ट (बन्द भएको नशा खुलाउन जाली हाल्ने र नशा खोलेर रगत संचालन गर्ने) गरिएको थियो।

तर राष्ट्रपति पौडेलको नशाको स्टेन्ट गर्ने कि नगर्ने भन्ने विषयमा केही समय राष्ट्रपतिको मुटुको उपचारमा संलग्न डा.रवि मल्ल र गंगालाल अस्पतालका कार्यकारी निर्देशन डा.चन्द्रमणि अधिकारीबीच निकै कडा छलफल नै भएको थियो।

सामान्यतया नशा ८० प्रतिशत बन्द भयो भने मात्रै अपरेशन गर्ने मेडिकल प्राक्टिस हुन्छ। तर राष्ट्रपतिको नशा ६० प्रतिशत मात्रै बन्द भएको बेला किन अपरेशन गरियो भन्ने विषय अहिले मेडिकल क्षेत्रमा चर्चामा रहेको छ।

एक वरिष्ठ मुटुरोग विशेषज्ञले सामान्यतया मुटुको नशा ८० प्रतिशत बन्द भयो भने मात्रै स्टेन्ट गर्ने गरिने बताए। ‘८० प्रतिशत नशा बन्द भएको छ भने स्टेन्ट गर्ने प्रचलन छ। तर कहिलेकाहीँ विरामीको अवस्था हेरेर त्यो भन्दा कम बन्द भएको भए पनि स्टेन्ट गरिन्छ,’ उनले भने।

सामान्यतया नशा ८० प्रतिशत बन्द भयो भने मात्रै अपरेशन गर्ने मेडिकल प्राक्टिस हुन्छ। तर राष्ट्रपतिको नशा ६० प्रतिशत मात्रै बन्द भएको बेला किन अपरेशन गरियो भन्ने विषय अहिले मेडिकल क्षेत्रमा चर्चामा रहेको छ।

६० प्रतिशतमात्रै बन्द भएको नशाको स्टेन्ट गर्ने नगर्ने विषयमा चिकित्सकहरु निष्कर्षमा पुग्न नसकेपछि राष्ट्रपति स्वयंले नै स्टेन्ट गर्न आग्रह गरेकोले काम अघि बढाइएको गंगालाल अस्पताल स्रोतले बतायो। त्यसपछि उनको नशाको स्टेन्ट गरिएको थियो।

यद्यपि राष्ट्रपति जस्तो गरियामय पदमा रहेको व्यक्तिको स्टेन्ट गर्दा मेडिकल प्राक्टिस अनुसार नभएको भन्दै स्वास्थ्य क्षेत्रमा विरोध भएको छ। विरामीले भने पनि मुटु खोल्ने काम हुनु उचित नहुने उनीहरुको भनाइ छ।

कतिपयले भने यो विषयलाई राष्ट्रपतिजस्तो मुलुकको अति महत्वपूर्ण पदमा आसीन व्यक्तिको स्वास्थ्यमा खेलवाड गरिएको पनि दावी गरेका छन्।

सरकारी र निजी अस्पतालमा मेडिकल क्षेत्रका स्टेन्टका व्यापारीले सामान बिक्री गर्न सामान्य नशा बन्दा हुने वित्तिकै स्टेन्ट गर्न डाक्टरलाई दबाव दिने र आर्थिक फाइदा हुने भएपछि कतिपय डाक्टरले पनि मेडिकल प्राक्टिस भन्दा बाहिर गएर नशाको अपरेशन गर्ने गरेको आरोप लाग्ने गरेको छ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनील थापाले अस्पतालमा राष्ट्रपतिको एनजीओग्राफी गरिएको र त्यो डाक्टरहरुकै निर्णयमा भएको बताए।

‘बिरामी भएर राष्ट्रपतिज्यू अस्पताल भर्ना हुनु भएको हो, त्यहाँ सम्पूर्ण चेकजाँच भएपछि एनजीओग्राफी गर्ने निर्णय डाक्टरहरुले नै गर्नु भएको हो,’ थापाले डिसी नेपालसँग भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *